नेपालमा २७८ जनाले कोरोना जिते

काठमाडौं, २१ जेठ ।
नेपालमा आजसम्म २ दुई सय ७८ जनाले कोरोना संक्रमण जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारीअनुसार आजसम्म कुल डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन् । त्यसरी डिस्चार्ज हुने १२ जनामा ८ जना जनकपुरबाट, टेकु, बलम्बु, शिक्षण अस्पतालबाट ए एक जना र बुटवलबाट ४ जना रहेका छन् ।

डिस्चार्ज भएका दुई सय ७८ जनामा २२२ जना पुरुष र ५६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here