२०१ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २३ सय पुग्यो

काठमाडौं, २१ जेठ ।
नोभेल कोरोना भाइरसका २०१ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०१ संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमण देखिनेमा आज १७९ पुरुष र २२ जना महिला रहेका उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा पीसीआर ४ हजार ९२४ वटा नुमना संकलन गरे परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आज कोरोना परीक्षणको दर केही बढेको देखिन्छ । पछिल्लो २४ घण्टामा १२ जना कोरोना निको भएर घर फर्किएका छन् ।

हालसम्म देशभरबाट कोरोनालाई जितेर २७८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा २२२ जना पुरुष र ५६ जना पुरुषहरु रहेका छन् ।

देशभर एक लाख २० हजार ३७९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here