कोरोनाको लक्षण देखिएपछि एक युवा धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना

बागलुङ, २० जेठ ।
गल्कोट नगरपालिका–७ मल्मका २३ वर्षका युवालाई कोरोना भाइरसको लक्षण देखिएपछि धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा राखिएको छ ।

भारतदेखि फर्केर गल्कोट नगरपालिका–११ रिघाको क्वारेन्टाइनमा बसेका उनलाई उच्च ज्वरो, रुघाखोकी र पखला लागेपछि मंगलबार दिउँसो अस्पताल ल्याइ आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।

युवाको भारतबाट नेपाल आउँदा सिमा नाका र रिघाको क्वारैन्टाइनमा रहँदा पिसिआर परीक्षण गरिएको थियो । दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएको पाइएको डा. पोखरेलले बताउनुभयो । उहाँले दुई पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपनि उनलाई उच्च ज्वरो र खोकी देखिएकोले अस्पताल भर्ना गरिएको बताउनुभयो ।

युवाको आइसोलेसनमा उपचार गरिने छ । उनलाई १, २ दिनसम्म आइसोलेसनमा राखेर निगरानी गरिने र त्यसपछि मात्र पिसिआर परीक्षण गरिने डा. पोखरेलले बताउनुभयो ।

उनी जेठ ९ गते भारतबाट गल्कोट आएका हुन् । उनीसँगै आएका बडिगाड गाउँपालिकाका वर्ष १९ र २० का दुई जना युवालाई यस अगाडी कोरोना पुष्टि भएसँगै अस्पतालको आइसोलेसनमा राखिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here