मालिका सेवा समाजद्वारा क्वारेन्टाइन ब्यबस्थापनलाई ५० हजार सहयोग

बागलुङ, २० जेठ ।
सामाजिक संस्था मालिका सेवा समाज बागलुङले बागलुङ नगरपालिका–५ मालिकामा क्वारेन्टाइन व्यवस्थापनको लागि आर्थिक सहयोग गरेको छ ।


शिक्षा र स्वास्थ्य लाई प्रमुख कार्यक्षेत्र बनाई सामाजिक कार्य गर्दै आइरहेको समाजले मंगलबार क्वारेन्टाइन व्यवस्थापनको लागि बानपा–५ का वडाअध्यक्ष शिवप्रसाद सापकोटालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
विश्व भर फैलिएको कोरोना भाइरस महामारीको विषम परिस्थितिमा कोरोना भाइरसको भयावह अवस्थालाई मध्यनजर गरि भारत लगायतका बाहिरी मुलुकबाट आफ्नो घर फर्केका व्यक्तिहरुलाई स्वास्थ्य सचेतना अनुरुप क्वारेन्टाइनमा राख्न बडालाई सामुदायिक क्वारेन्टाइन स्थापना गरेको छ ।


सहयोग हस्तान्तरण कार्यक्रममो अध्यक्षता समाजका अध्यक्ष दुर्गा बहादुर कुँवर, स्वागत उपाध्यक्ष विष्णु कुँवर र संचालन सचिव तेजबहादुर कुँवर (सन्तोष)ले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here