पर्वत र स्याङ्जाका १० जनामा कोरोना संक्रमित पुष्टि

बागलुङ, २० जेठ
गण्डकी प्रदेशको पर्वत जिल्ला र स्याङ्जा जिल्लामा ५/५ जना नयाँ संक्रमित फेला परेका छन् । पर्वत जिल्लामा पहिलो पटक संक्रमित फेला परेका हुन् ।

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पर्वत जिल्लाका ५ जना र स्याङ्जा जिल्लाका ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थय निर्देशानालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

निर्देशक शर्माका अनुसार पर्वतका फलेबास नगरपालिकाका २० वर्ष र ४० वर्षका २ जना पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको छ भने स्याङ्जाको चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० का चार जना पुरुष र विरुवा गाउँपालिकाका २० बर्षका पुरुषमा संक्रमण पुष्टि हो ।

संक्रमण पुष्टि भएका पर्वत ५ जना कुस्मामा रहेको पुलिङ्ग क्वारेन्टाईनमा रहेका छन । यस्तै स्याङ्जाका चापाकोट नगरपालिका र विरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।

उनीहरुको स्वास्थ्य अबस्था समान्य रहेको निर्देशक डा. शर्माले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here