
काठमाडौं, १९ जेठ ।
पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
यससँगै संक्रमितको संख्या कुल संख्या १,७९८ पुगेको छ ।
त्यस्तै, नेपालमा अहिलेसम २२१ जनाले कोरोना भाइरसविरुद्धको लडाई जितेर घर फर्किएका छन् भने ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
आज मात्रै नेपालमा थप १ जना स्वस्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै नेपालमा क्वारेन्टाइनमा रहनेको कुल संख्या १ लाख ३३ हजार ९७५ जना रहेका छन् ।
त्यस्तै नेपालका विभिन्न अस्पतालको आईसोलेसनमा रहेर उपचार गराईरहेकाको संख्या १ हजार ५६९ जना रहेका छन् ।









