भारतदेखि आएका बागलुङका ४९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बागलुङ, १९ जेठ
भारतबाट गृह जिल्ला बागलुङ फर्कि क्वारेन्टाइनमा रहेका बागलुङका ४९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा सोमबार विहान गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाका ५ जना, निसीखोला गाउँपालिकाका ३८ जना र जैमिनी नगरपालिकाका ६ जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेलले बताउनुभयो ।

उनीहरु सवै भारतदेखि फर्केर स्थानिय तहले बनाएको क्वारेन्टाइनमा बसेका छन् ।

यस्तै बागलुङबाट आज ९१ जनाको पिसिआर परीक्षणको लागि पोखरा पठाइएको छ । भारतबाट फर्केर काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २३ जना, बडिगाड गाउँपालिकाको ग्वालिचौरको क्वारेन्टाइनमा रहेका ५० जना र गल्कोट नगरपालिकाको क्वारेन्टाइनमा रहेका १८ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरि पठाइएको डा. पोखरेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here