
काठमाडौं, १८ जेठ ।
पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार पछिल्लो समय १६६ जनामा कोरोना देखिएको हो । देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
आज थपिएका १६६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन् । संक्रमण देखिएकामध्ये ७ जनाको मृत्यु भएको छ ।









