
बागलुङ, १८ जेठ ।
गण्डकी प्रदेशले एक घर एक धारा निर्माण अन्तरगत २९ हजार ७ सय धारा निर्माण गरेको जनाएको छ ।
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक सेरचनले प्रदेश सरकारले २९ हजार ७ सय धारा निर्माण गरी २ लाख ७५ हजारलाई खानेपानीबाट लाभाम्वित गराएको बताउनुभयो ।









