केपि कुमार जलन
बागलुङ, १८ जेठ ।
प्रदेशी भुमिमा रहेका सर्जक शिव अखेलिले भारतको मुटु हल्लिने गरि दादागिरी छोड भारत देशभक्त गित भर्खर सार्वजानिक गरेका छन ।
अहिले सोहि गित युटुबको ट्रेनिङमा पर्न सफल भएको छ भने टिकटकमा पनि भाईरल बनेको छ । नेपाली भुमि कब्जा गर्दे भारतले सडक बिस्तार गरेपछि गितको माध्यमबाट खबरदारी गरेको अखेलि बताउछन । यतिबेला चौतर्फि चासो बनेको नेपालि भुमि नेपालकै हो भन्दै कलाकारले पनि भारतलाई नेपालको भुमिमा दादागिरी नगर्न खबरदार गरेका छन ।
पटक पटक नेपालि भुमि कब्जा गरेको भारतलाई प्रदेशी गायक सुर्य खड्का र गायिका सम्झना लामिछाने मगरले हाम्रो भुमिमा आँखा नलगाउन भनेका छन । अङग्रेजलाई जितेको तर्क दिदै बिस्वास नलागे ईतिहास पल्टायर हेर्न आँग्रह गरेका छन ।
बेला बेलामा नाकाबन्दिबाट नेपाली जनता सिकार बनेका कैयौ उदाहरण भएको भन्दै फाईदाका लागि नेपालतिर आँखा लगाउने गरेको गित मार्फत गुनासो गरेका छन । वीर नेपाली गोर्खालिले भारत जोगाउन अहम भुमिका खेलेकै कारण दिल्लि र बम्बई पाकिस्तानी भुमिमा नपरेको प्रतिक्रिया दिए।
वीर गोर्खालिको बिरताको गाथा रहेको भारतमा गोर्खालीले बहादुर देखाउने भन्दै नेपालको भुमि कब्जा गर्ने आश नलिन देशभक्त गित दादागिरि छोड भारत भन्दै चुनौति दिएका छन ।
गायक सर्जक खेम सेन्चुरीको लय सर्जक शिव अखेलिको शब्द र सुर्य खडका र सम्झना लामिछाने मगरको आवाजमा रहेको यस देशभक्त गितमा कलाकारहरूस् सुर्य खड्का, सम्झना लामिछाने मगर, महेश लामिछाने मगर, सेन्सा मगर, सपना मगर, सलिना मगर, प्रतीक्षा मगरलाई देख्न सकिन्छ भने गितको भिडियो सम्पादन प्रकाश धमलाले गरेका छन् ।
भिडियो

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here