क्वारिन्टिनमा बसेर घर फर्केका वृद्धको मृत्यु

सिन्धुपाल्चोक , १८ जेठ ।
क्वारिन्टिनमा बसेर फर्केका एक वृद्धको सिन्धुपाल्चोकमा मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ का एक ६८ वर्षका पुरुषको शनिबार राति निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउने क्रममा उनको मृत्यु भएको हो । उनी यसअघि १४ दिन मेलचौर क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए ।

क्वारेन्टाइन बाट फर्किएको पनि १४ दिन बितिसकेको नगरपालिकाले जनाएको छ । उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here