कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

काठमाडौं, १७ जेठ ।
पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा २५७५ जनाको पिसिआर परीक्षण गरिएको थियो । ती परीक्षणका क्रममा देशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा हालसम्म सबैन्दा धेरै संक्रमित थपिएका आज नै हो । शुक्रबार १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन् । आज १३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २१९ पुगेको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here