
बागलुङ, १७ जेठ ।
बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा रहेको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुलाई योग प्रशिक्षण दिन सुरु गरिएको छ ।
बागलुङ नगरपालिका–४ कुँडुलेका योग गुरु चन्द्रकान्त पौडेलले रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका २२ जनालाई शनिबारदेखि योग प्रशिक्षण दिन सुरु गरेका हुन् ।
क्वारेन्टाइनमा रहेका भारतदेखि गृह जिल्ला फर्किएका १८ जना र सवारी चालक र सहचालक ४ जनालाई योग प्रशिक्षण दिन सुरु गरिएको बानपा–१ का वडासदस्य सुर्य लामिछानेले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा बस्ने सबैको दिनचर्या, सरसफाइका उपाय, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपाय, सामान्य लक्षणको उपचारका विषयमा योगगुरु पौडेलले शनिबारदेखि विहानमा प्रशिक्षण दिन सुरु गरेका छन् ।












