बागलुङ, १५ जेठ ।
म्याग्दी जिल्लाको मालिका गाउँपालिका एक युवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दीको मालिका गाउँपालिका ठेगाना भै हाल बेनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३० बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमतिलाई खुल्लामञ्चमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । कोरोना पोजेटिभ देखिएका यूवा बुटवल उद्धार गरी म्याग्दीमा ल्याइएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । त्यसमध्ये बागलुङका २ जना निको भइ घर फर्किसकेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here