संक्रमितको संख्या हजार नाघ्यो

काठमाडौं, १५ जेठ ।
नेपालमा १ सय ५६ जना काेराेनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले याे जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार  बिहीबार  दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन् ।

याेसँगै नेपालका ५१ जिल्लामा काेराेनाभाइरस संक्रमण फैलिएकाे छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here