
पोखरा, १५ जेठ ।
स्याङ्जामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले स्वास्थय निर्देशानलयले बिहिबार विहान स्याङ्जाको वालिङका २ पुरुष र १ महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।
स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितलाई उपचारका लागि स्याङ्जा जिल्ला अस्पतालमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जनाए ।
नयाँ ३ जना संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ । अहिलेसम्म स्याङ्जाका ५, बागलुङका ८, नवलपुरका २ जनामा कोरोना देखिएको छ । १५ मध्ये बागलुङका १९ वर्षकी युवती र ६५ वर्षकी वृद्ध निको भएर चैत दोस्रो साता नै घर फर्किसकेका छन् ।











