आज २०७७ साल जेठ १५ गते बिहिवारको राशिफल

आज २०७७ साल जेठ १५ गते बिहिवार
तदअनुसार मे २८, २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईको आज
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आजको दिन पारिवारिक हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको योजना बन्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायमपनि हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाजमा र परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी र रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सचेत रहनु होला । सामाजिक हितको लागि काममा व्यास्त हुने समय रहेको छ ।

मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )
आफन्त मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

 

hamropatro.com

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here