
म्याग्दी, १४ जेठ ।
एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बेनीबजारबाट एक यूवा युवक पक्राउ परेका छन् ।
गएराती मालिका गाउँपालिका-४ ओखरबोटको महभिर घर भई हाल बेनी नगरपालिका–८ मा भाडामा बस्दै आएका २६ बर्षिय रविन श्रीपालीले १८ बर्षिय किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो ।
चालक श्रीपालीलाई नियन्त्रणमा लिई जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










