बागलुङका ५४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, १४ जेठ ।
धौलागिरी अस्पतालका डाक्टर सहित बागलुङका ५४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई कोरोना नभएको पुष्टि भएको छ ।

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–४ द्वारेगौडामा रहेको धौलागिरी प्राविधिक प्रतिष्ठानको क्वारेन्टाइनमा रहेका ९ जना र धौलागिरी अस्पतालका डाक्टर, प्यारामेटिक, कार्यालय सहयोगी र जिल्लाका ५ जना पत्रकारको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले बताउनुभयो ।

बानपा–४ को क्वारेन्टाइनका ९ जना भारतदेखि आएका हुन् । उनीहरुलाई आजै घर पठाइने नगरस्वास्थ्य प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालका ल्याब टेक्निसियनहरुको टोलीले स्वाब संकलन गरि परिक्षणको लागि पठाएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here