
बागलुङ, १४ जेठ ।
गत शनिबार साझ ३ जनाको ज्यान जएको र ३ जना बेपत्ता भएको चौरधारी हत्याकाण्डका दोषीलाइ कारबाहिको माग गर्दै बागलुङबाट गृहमन्त्रीलाइ ज्ञापनपत्र बुझाइएको छ ।
बागलुङमा क्रियाशिल दलित सँघसस्थाले सामुहिक रुपमा घटनाको स्वतन्त्र रुपमा छानविन गरि दोषीलाइ कडा कारबाहिको माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु मार्फत गृहमन्त्रीलाइ ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्र बुझाउदै नेपाल दलित मुक्ति सँगठन बागलुङका अध्यक्ष टिका विकले रुकुमको घटनाले सिँगो मानवसमुदायकै नाक काटिएको भन्दै यो जघन्य अपराधका अपराधीलाइ कडाभन्दा कडा कारबाहि गर्न माग गरिन ।
ज्ञापन पत्रमा जात कै कारण नरसँहारमा गर्ने सबै अपराधीलाइ कारबाहि गर्ने,बेपत्ता तिन जनाको खोजी गर्ने र अवस्था सार्वजनिक गर्न माग गरेको छ । मृतक पीडित परिवारलाइ क्षतिपुर्ति गर्दै सुरक्षाको ग्यारेण्टि गर्न पनि माग गरिएको छ । घटनालाइ कुनै राजनैतिक रँग दिएर कमजोर बनाउन खोजे अर्झै सशक्त आन्दोलनमा उत्रिने दलित सँग बागलुङका अध्यक्ष तारा बहादुर विकले बताए ।
ज्ञापन पत्र बुझदै प्रजिअ सैजुले घटनाले दुखिबनाएको र ज्ञापनपत्रलाइ तत्कालै गृहमन्त्रालयमा पठाउने बचन दिएका थिए । ज्ञापन पत्रमा नेपाल दलित मुक्ति सँगठन,दलित सँघ,विश्वकर्मा समाज, परियार समाज, मिजार समाज,दलित महिला विकास केन्द्र, दलित पत्रकार मञ्च,भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान लगायत बागलुङ स्थित सम्पुर्ण दलित सम्बन्धि सँघसस्था र अभियान्ताहरुले एक्यवद्धता जनाएका छन् ।
शनिबार साझ जाजारकोट भेरी नगरपालिका राना गाउका नवराज विक पश्चिम रुकुम चौरजहारी नगरपालिका सोतीकी आफ्नी प्रेमीकालाइ लिन गएका थिए । मल्ल थरकी त्यि युवतीको प्रेम सम्बन्ध दलित सँग भएको कारण चिडिएको मल्ल परिवारले नवराज सहित उनिसँग गएका १८ जना युवालाइ एक्कासी आक्रमण गरेको थियो ।
घरेलु हतियार सहित दुइ सय जना बढिको समुहले गरेको कुटपिट बाट ३ जनाको मृत्यु भएको छ भने अझै तिन जना हराइरहेका छन् । प्रहरीले घटनामा सँलग्न केहिलाइ अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।











