
बागलुङ, १३ जेठ ।
नेपालमा आज एकै दिन ९० जना कोरोना संक्रमित पपिएका छन् ।
मङ्गलवार अपराह्ण नियमित प्रेस ब्रीफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले आज थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।
प्रवक्ता देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
उनका अनुसार नारायणी अस्पतालमबाट थप ४३ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन् । अब निको हुनेको कुल सङख्या १५५ जना पुगेको छ ।
सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ ।










