भारतदेखि आएका काठेखोला र ताराखोलाका १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

बागलुङ, १३ जेठ ।
रोजगारीको लागि भारत गएर फर्किएका बागलुङका १३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई कोरोना नभएको पुष्टि भएको छ ।
पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा काठेखोलाका ३ जना र ताराखोलाका १० जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले बताउनुभयो । उहाँले ताराखोलाका थप १ जनाको परीक्षण हुन बाँकी रहेको बताउनुभयो ।
नेपाल–भारतको नाकामा अलपत्र परेका उनीहरुको स्थानिय तहहरुले उद्धार गरि क्वारेन्टाइनमा राखेका हुन् । उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अस्पतालका ल्याब टेक्निसियनहरुको टोलीले क्वारेन्टाइनमै पुगेर स्वाब संकलन गरि परीक्षणको लागि पठाएका हुन् ।
बागलुङमा आज विहान थप ८८ जनाको स्वाब परीक्षणको लागि पठाइएको छ । भारतदेखि आएर क्वारेन्टाइनमा बसेका र धौलागिरी अस्पतालका डाक्टर, प्यारामेडिक, कार्यालय सहयोगी र पत्रकारहरुको स्वाब परीक्षणको लागि पठाइएको हो ।
तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १४ जना, ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनको क्वारेन्टाइनमा रहेका ८ जना, बागलुङ नगरपालिकाको क्वारेन्टाइन धौलागिरी प्राविधिक शिक्षालयमा रहेका ९ जना, जैमिनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८ जना र धौलागिरी अस्पतालबाट ४५ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौले बताउनुभयो । उनीहरुको रिपोर्ट बेलुका सम्म आउने जनाइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here