भारतदेखि आएका सहित बागलुङका १०२ जनाको कोरोना परीक्षण हुँदै

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

सिर्जना कार्की
बागलुङ, १२ जेठ ।
बागलुङमा छिमेकी देश भारतदेखि आएका सहित १ सय २ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अस्पतालका ल्याब टेक्निसियनहरुको टोलीले स्थानिय तहहरुको क्वारेन्टाइनमा रहेकाहरु, अस्पतालका स्वास्थ्यकर्मी र पत्रकारहरुको स्वाब संकलन गरि परीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाला पठाएको अस्पतालका मेडिकल ल्याब टेक्निसियन प्रमुख सुरज बरालले जानकारी दिनुभयो ।
भारतदेखि आएर क्वारेन्टाइनमा बसेका ५७ जना र अस्पतालका डाक्टर र पत्रकार ४५ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १४ जना, ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनको क्वारेन्टाइनमा रहेका ८ जना, बागलुङ नगरपालिकाको क्वारेन्टाइन धौलागिरी प्राविधिक शिक्षालयमा रहेका ९ जना, जैमिनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना, बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८ जना, काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३ जना र ताराखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौले बताउनुभयो । यस्तै धौलागिरी अस्पतालमा ४५ जना रहेको स्वाब संकलन गरिएको छ । अस्पतालका डाक्टर, प्यारामेटिक, सुरक्षाकर्मी, कार्यालयहरु र जिल्लाका केहि पत्रकारको स्वाब परीक्षणको लागि पठाइएको अस्पतालको निमित्त प्रमुख सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले बताउनुभयो ।
स्वाब परीक्षण रिपोर्ट आज बेलुकासम्म आउने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here