नेपालमा कोरोनालाई १ सय १२ जनाले जिते

काठमाडाैं, १३ जेठ ।
नेपालमा कारोना भाइरस संक्रमितको संख्या ६८२ पुगेको छ । सोमबार एकैदिन ७९ जना नयाँ संक्रमित थपिएपछि यो संख्या पुगेको हो ।

अहिलेसम्म ४ जनाको ज्यान गइसकेको छ । सोमबार मात्र एक जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

ती व्यक्ति क्षयरोग र श्वासप्रश्वासको समस्याबाट समेत पीडित भएको उनले बताए ।

मन्त्रालयले ११२ जनालाई निको भएको जनाएको छ । सोमबार २५ जना डिस्चार्ज भएका थिए ।

अहिलेसम्म ४३ जिल्लामा संक्रमित भइसकेका छन् । सबैभन्दा बढी बाँकेमा १४६ जना संक्रमित भएका छन् ।

त्यस्तै कपिलवस्तुमा ८३ जना संक्रमित भएका छन् । पर्सामा ९५ तथा रौतहटमा ४७ जना संक्रमित छन् । रुपन्देहीमा ४२ पुगेका छन् । झापामा ३५ पुगेका छन् ।

तीव्र गतिमा बढिरहेको कोरोनाको परीक्षण अझै ब्यापक हुन नसकेको गुनासो आइरहेको छ । माघदेखि अहिलेसम्म मात्रै ५१ हजार ६४२ वटा पीसीआर परीक्षण भएको छ ।

जबकि भारतबाट मात्रै एक लाखको हाराहारीमा नेपाल छिरेको अनुमान छ । त्यस्तै अन्य देशबाट पनि थुप्रै नेपालमा आएका थिए ।

आरडीटी भने ९५ हजार १९२ वटा भएका छन् ।

क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि दिनानुदिन बढ्दो छ । हाल ४६ हजार २९ जना क्वारेन्टाइनमा छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here