
काठमाडौं, १२ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कुल जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण गरिने बताएका छन् ।
राष्ट्रको नामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझावअनुसार २ प्रतिशत नागरिको कोरोना परीक्षण हुने बताएका हुन् । त्यसो गर्दा नेपालको हालको जनसंख्या करीब ३ करोड रहेको छ । सोअनुसार ६ लाखको परीक्षण गर्नुपर्ने देखिन्छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको कूल जनसंख्या २ करोड ९९ लाख ६६ हजार २४० छ । सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६४२ र आरडिटी विधिबाट ९५ हजार १९२ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९०४ र आरडिटी विधिबाट ५ हजार १६६ वटा नमुना परीक्षण भएका छन् ।









