मृत्यु भएको ८ दिनपछि कोरोना संक्रमण पुष्टि !

वीरगञ्ज, १२ जेठ । अन्त्येष्टि भएको आठ दिनपछि बारा जिल्लाका एक वृद्धको मृत्युको कारण कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका कलैया उपमहानगर ७ का ७० वर्षीय पुरुषको गत जेठ ४ गते मृत्यु भएको थियो । अन्त्येष्टि गरिसकिएका वृद्धाको कोराना परीक्षणको पोजेटिभ रिपोर्ट आएको वीरगञ्जस्थित नारायणी अस्पतालाका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायले बताए ।

वीरगञ्जमा स्वाव परीक्षण गर्दा शंकास्पद देखिएपछि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँबाट कोरोना पुष्टि भएको उनले बताए ।

कोरोनाको आशंकामा स्वाब लिइएपछि रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाउने मेडिकल कलेजलाई कारवाही हुने स्थानीय प्रशासनले बताएको छ ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई गत जेठ २ मा अस्पतालमा भर्ना गरिएको थियो । उनको जेठ ४ गते राति मृत्यु भएको थियो । कोरोना आशंकामा स्वाब लिइए पनि अस्पतालले शव आफन्तको जिम्मा लगाएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमित व्यक्ति मृत्यु भएको संख्या ४ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here