
बागलुङ, ११ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठेखोला गाउँपालिका कार्यालय सदस्य, विभागि प्रमुख र काठेखोला गाउँपालिकाका जनप्रतिनिधि विचकोको बैठकले आगामि आर्थिक वर्षको बजेट निर्माण गर्दा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
काठेखोला गाउँपालिका–६ विहुँमा शनिबार सम्पन्न बैठकले गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेट बनाउँदा बेरोजगार युवा लक्षित स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिन अग्रह गरेको गाउँकमिटि अध्यक्ष डिलबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै बैठकले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध गाउँपालिकाले चालेको अभियानमा एक्यबद्धताका साथ अगाडी बढ्ने निर्णय गरेको छ ।
बैठकमा नेकपा प्रदेश सचिवालय सदस्य हिराबहादुर के.सी., जिल्ला कमिटी सदस्य एवं काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापा, जिल्ला कमिटि सदस्य एवं काठेखोला–७ रेशका वडाअध्यक्ष प्रेम केसी, वडा नम्बर ८ लेखानीकी वडाअध्यक्ष चित्रला छन्त्याल, गाउँ कमिटि कार्यालय सदस्य एवं वडा नम्बर २ का वडासदस्य विद्यापति शर्मा, वडा नम्बर ३ का वडाअध्यक्ष याम श्रीस, वडा नम्बर ६ का वडाअध्यक्ष युक्तप्रसाद कंडेल, प्रचार विभाग संयोजक खिम बहादुर कार्की, युवा विभाग संयोजक प्रेमबहादुर केसी, विद्यार्थी विभाग संयोजक सन्दिप कंडेलले आआफ्नो धारणा राख्नुभएको थियो ।
बैठकको अध्यक्षता काठेखोला गाउँपालिका गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्कीले गर्नुभएको थियो ।










