बागलुङका चार पालिकाका मुख्य नाका २० गतेसम्मलाई सिल

बागलुङ, ११ जेठ ।
भारतबाट गृह जिल्ला भित्रिनेको संख्या बढेपछि बागलुङका चार वटा पालिका सिल गरिएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा आजदेखि जेठ २० गतेसम्मका लागि सिल गरिएको हो ।

लकडाउनलाई मध्यनजर गर्दै ४ वटै पालिकाका प्रमुख, उपप्रमुख र इलाका प्रहरी कार्यालयको प्रमुख लगायतको शनिबार बसेको बैठकले मुख्य सीमा नाकाहरु बन्द गर्ने, सञ्चालनमा रहेका खाद्यान्न पसलहरु पनि २० गतेसम्मलाई बन्द गर्ने, निर्माण सामग्री र बिरामी बोक्ने एम्बुलेन्स तथा गाडीबाहेक अरु गाडी सञ्चालनमा रोक लगाउने तथा जथाभावी हिँड्नेलाई कारबाही गर्ने लगायतका निर्णय गरेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले यस अवधिमा प्रहरीको आँखा छलेर खोलामा माछा मार्ने, मर्निंग वाक जाने र बिना काम यत्रतत्र हिँडडुल गर्ने जस्ता काम नगर्न आग्रह गर्नुभएको छ । उहाँले आग्रहलाई अटेर गरेमा कारवाही गरिने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here