बागलुङ, ११ जेठ ।
भारतदेखि आएका बागलुङ र म्याग्दीका १५ जना खर्वाङमा अस्थायी रपमा बसेका छन् । शनिबार राती खर्वाङ आएपुगेका उनीहरुलाई बसले त्यहि छोडेको र सम्बन्धित स्थानिय तहले लैजानको लागि सवारी साधन नपठाएपछि उनीहरुहरुलाई अस्थायी रुपमा राखिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । अध्यक्ष पाइजाले सम्बन्धित पालिकाहरुलाई आफ्ना नागरिक लैजानको लागि सवारीसाधन पठाउन अनुरोध गरिएपनि अहिलेसम्म नपठाएको बताए ।
भारतदेखि शनिबार राती बागलुङ नगरपालिकाका ३ जना, काठेखोला गाउँपालिकाका ३ जना, गल्कोट नगरपालिकाका १ जना र छिमेकी जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिकाका ३ जना, धौलागिरी गाउँपालिकाका ३ जना र बेनी नगरपालिकाका २ जना खर्वाङ आइपुगेका थिए ।
आफ्ना नागरिक लिनको लागि म्याग्दीका पालिकाहरुले पठाएको सवारीसाधनले कोरोना परीक्षण नभएको भन्दै रित्तै फर्किएको खर्बाङबाट पत्रकार कमल पौडेलले जानकारी दिनुभयो । उहाँले यात्रु लिन आएको गाडिले पिसिआर परीक्षण नभएका यात्रु भएपछि नलैजाने भन्दै रित्तै फर्किएको बताउनुभयो ।
रोजगारीको लागि भारत गएका उनीहरु कोरोना महामारीको कारण रोजगारी गुमेपछि गृह जिल्ला फर्किएका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here