धौलागिरी अस्पताल, बागलुङ

सिर्जना कार्की
बागलुङ, १० जेठ ।
धौलागिरी अस्पताल बागलुङका स्वास्थ्यकर्मी सहित ४६ जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

२ जना संक्रमितको उपचारमा सम्लग्न अस्पतालका ४३ जना नर्स, ल्याब टेक्निसियन र बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा क्वारेन्टाइनमा रहेका ३ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । उनीहरुको स्वाब परीक्षण पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको थियो ।

यसअगाडी अस्पतालका कार्यालय सहियोगी सहित २२ जना कर्मचारीको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

अस्पतालमा बेल्जियमबाट फर्किएकी १९ बर्षिया युवती र ६५ बर्षिया महिलालाई संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखि उपचार गरिएको थियो । उनीहरु दुवै जना कोरोनालाई जित्दै निको भएर घर फकिएको १ महिना पछि स्वास्थ्यकर्मीहरुको स्वाब परीक्षण गरिएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here