हटियामा १५ बेडको क्वारेन्टाइन निर्माण

थम्मन थापा
बागलुङ, ९ जेठ
गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ ।
विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण वडा भित्र फैलिन नदिन क्वारेन्टाइन निर्माण गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरगंज भण्डारीले जानकारी दिनुभयो ।
देश तथा विदेशमा रहेका वडा भित्रका नागरिक र बाहिरबाट वडामा आउने नागरिकहरुलाई लक्षित गरी गलकोट बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । गलकोट नगरपालिकाको प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय अनुरुप यो कार्य अगाडि बढाइएको वडा सदस्य झहर बहादुर खत्रीले जानकारी दिनुभयो । बाहिर बाट वडामा आउने नागरिकहरु लाई सुरक्षित रूपमा राखी वडा भित्र कोरोना भाइरसको संक्रमण फैलिन नदिन यो कार्यले सहजता प्रदान गर्ने बागलुङ उद्योग वाणिज्य संघ गलकोट इकाइका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताउनुभयो ।


क्वारेन्टाइनमा त्यहाँ राखिने नागरिकको लागि आवश्यक पर्ने सामग्रीहरू समेत उपलब्ध गराइएको छ । उनीहरूलाई सबै व्यवस्थापन वडाले गर्ने बताइएको छ । समय समयमा उनीहरूको स्वास्थ्य जाँच समेत गरिने वडाले जनाएको छ । क्वारेन्टाइन निर्माण भए सँगै वडा भित्र देश तथा विदेश बाट आउने नागरिकहरुलाई व्यवस्थापन गर्न सहज भएको छ ।
बाहिरबाट आउँदा कोरोना भाइरसको संक्रमणको जोखिम पनि समुदायमा बढन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो कार्य गरिएको बताइएको छ । पछिल्लो समय गलकोट नगरपालिकामा छिमेकी राष्ट्र भारत सँगै विभिन्न सहरहरू बाट नागरिकहरु भित्रिने क्रम पनि विस्तारै बढ्न थालेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here