बागलुङ, ९ जेठ ।
नेपालमा काेराेना संङ्कमितकाे संख्या वृद्धि हुनुकाे साथै राेजगारकाे लागि भारत गएकाहरू घर फर्कन थाले पछि बागलुङको काठेखोला गाउँपालिकाले काेराेना राेकथामकाे लागि थप सजकता अप्नाउन थालेकाे छ ।

गाउँपालिकाले पुर्व तयारि अनुसार विहुँको भीमसेन माध्यमिक विद्यालयलाई ५० बेड र प्रत्यक वडामा १०/१० बेडको क्वारेन्टाइन बनाउने भएको हाे ।

गाउँकार्यपालिकाको शुक्रबार बसेको बैठकले कोरोना महामारीको विचमा विदेशबाट फर्किनेहरुको संख्या बढेसँगै गाउँपालिकाले वडा नम्बर ६ विहुँको भीमसेन माध्यमिक विद्यालयमा ५० बेड र गाउँपालिका भित्रका ८ ओटै वडामा १०/१० बेडका क्वारेन्टाइन बनाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले विदेशबाट आउनेहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने र पिसिआर परीक्षणमा नेगेटिभ आएपछि मात्र घर पठाईने बताउनुभयो । क्वारेन्टाइनमा बेड र खानाको व्यवस्था गाउँपालिकाले गर्ने कार्यपालिकाले निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकले कोरोना भाईरस विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गरिरहेकाहरुको कोरोना बीमा गर्न निर्णय गरेको छ ।

गाउँपालिकाले कोरोना संकटको समयमा अग्रपंत्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गाउँपालिकाका २ जना सवारी चालकको १ लाख बराबरको बीमा गर्ने निर्णय गरेको कार्यपालिका सदस्य टिकासंगम विकले जानकारी दिनुभयो । उहाँले विश्व संकटको बेलामा समेत अग्रपंक्तिमा रहि गाउँपालिकामा काम गरिरहेकाले उनीहरुको आत्मबल बढाउनको लागि बीमा गर्ने निर्णय गरिएको बताउनुभयो ।

यस्तै भारत लगायतका देशमा अलपत्र परेका र नेपाल–भारत सिमामा अलपत्र परेका काठेखोलाका नागरिकहरुलाई नेपाल ल्याइदिनको लागि प्रदेश र संघिय सरकारलाई अनुरोध गर्ने कार्यपालिकाले निर्णय गरेको छ । आफ्नो पालिकाका नागरिकहरु अलपत्र परेको अवस्थामा गाउँपालिकामा सम्र्पक गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

नेपाल प्रवेश गरेपछि जिल्ला समन्वय समिति र प्रहरीको सहयोगमा गाउँपालिकामा ल्याइ क्वारेन्टाइनमा राखिने र पिसिर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने कार्यपालिका सदस्य विकले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here