बागलुङ, ९ जेठ ।
भंगेरी चरीबाट निकै चर्चाको शिखर पुगकी लोक तथा दोहोरी गायीका रिना केसी फेरी दर्शक श्रोता माझा ‘सम्झना’……. (कति मिठो मायाँको बोली आज भन्दा सम्झना झन भोली) गितको साथमा आएकी छन ।
रामु रिजाल र गायीका केसीको स्वरमा रहेका उक्त दोहोरी गित अहिले टिकटकमा भाईरल भएको छ । विश्वव्यापी कोरोनाको जोखिम बढदै गएको बेला यो लकडाउनको समयमा दर्शक तथा श्रोतालाई घरमै बसेर गित हेर्न र सुनाउनका लागि उक्त गितको भिडियो युबट्युब मार्फत सार्वजनिक गरिएको छ ।
गायक रिजालकै शब्द रहेको उक्त गितको लय अमित विश्वकर्माले बनाएका छन भने संगित संयोजन तारानाथ आचार्यले गरेका छन । अमित विश्वकर्मा र शान्ता परियारको कोरस स्वर रहेको गितलाई डिजिटल रेकर्डिङ स्टुडियो प्रालि मार्फत युबट्युबमा सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक भएको उक्त लोकदोहोरी गितको भिडियो निर्देशन तारानाथ आचार्यले गरेका छन भने, कृष्ण रेउले र रुविना अधिकारीको अभिनय रहेको छ । मनोज कार्किको सम्पादन गरेको भिडियोको क्रोरियोग्राफर होम गुरुङले गरेका छन ।
दर्शक श्रोताले जसरी भंगेरी चरीलाई मायाँ गरेर करोड भ्यवर पु¥याउनु भयो त्यसै गरी यस गितलाई मायाँ गरिदिनेमा गायीका केसी विश्वस्त रहेकी छन । यो भिडियो ट्युबमा मात्र नभएर टिकटकमा पनि भाईरल भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here