बागलुङका दुई जना सुत्केरी महिला सहित ३० जनाको रिपोर्ट नेगेटिभ

बागलुङ, ८ जेठ ।
बागलुङका २ जना सुत्केरी महिला सहित ३० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
काठमाडौंको शिक्षण अस्पतालमा सुत्केरी भएका बागलुङ ननगरपालिका -१२ अमलाचौरका २ जना सुत्केरी महिला सहित उनको परिवार, धौलागिरी अस्पतालका कर्मचारी, विरामी र बैंकका कर्मचारीको पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक बाह्रबिसेकी ३० बर्षिय महिला कोरोना संक्रमणको कारण मृत्यु भएपछि उनी सुत्केरी भएको अस्पतालको वार्डमा सुत्केरी भएका बागलुङका दुई महिला सहित उनीहरुको परिवार गरि ६ जना, धौलागिरी २२ जना कर्मचारी, एक जना उपचाररत विरामी र एक जना बैंकका कर्मचारी कोरोना परीक्षण गरिएको अस्पतालका मेडिकल ल्याब टेक्निसियन प्रमुख सुरज बरालले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here