
बागलुङ, ८ जेठ ।
बागलुङको बरेङ गाउँपालिकाले कोरोना भाईरस विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गरिरहेकाहरुको कोरोना बीमा गर्न सुरु गरेको छ ।
गाउँपालिकाले कोरोना संकटको समयमा अग्रपंत्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरुको आत्मबल बढाउनको लागि गाउँपालिकाले १ लाख बराबरको कोरोना बीमा कार्यक्रम संचालन गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।
गाउँपालिकाले बिहिबारसम्म ३४ जनाको बिमा गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । उहाँले गाउँपालिका भरीकै गर्दा एक सय जना पुग्न सक्ने जानकारी दिनुभयो ।
राष्ट्रसेवा प्रति समर्पित, मर्यादित जीवन र सुरक्षीत भविष्य गराउने उद्धेश्यले कोरोना बिमा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो ।










