
काठमाडौं, ८ जेठ ।
नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहिबार दिउँसो झापाका ८ जना र रुपन्देहिका १ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँले रुपन्देहिका २७ बर्षिय पुरुष र झापाका १७, १८ र २० बर्षका २–२ जना पुरुष र २३, ५२ र ५५ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताउनुभयो । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन् । संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ ।









