अस्पतालका कार्यालय सहयोगी सहित ३० जनाको नमुना परीक्षण गरिदै

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, ८ जेठ ।
धौलागिरी अस्पताल बागलुङका कार्यालय सहयोगी सहित बागलुङका ३० जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।
अस्पतालमा २ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएको १ महिना पछि अस्पतालका कार्यालय सहयोगी सहित २४ जना कर्मचारीको स्वाब परीक्षण गरिन लागेको हो । उनीहरुको बुधबार स्वाब संकलन गरि परीक्षणको लागि पोखराको स्वास्थ्य विज्ञान प्रयोगशाला पठाइएको अस्पतालका मेडिकल ल्याब टेक्निसियन प्रमुख सुरज बरालले जानकारी दिनुभयो ।
यस्तै कोरोनाको कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीया महिला सुत्केरी भएको काठमाण्डूस्थित शिक्षण अस्पतालको सोहि वार्डमा सुत्केरी भएका बागलुङका दुई महिलाको पनि स्वाब परीक्षणको लागि पठाइएको छ ।
बागलुङ नगरपालिका–१३ पैयुपाटाका उनीहरु सुत्केरी भएपछि एम्बुलेन्समा घर आएका हुन । दुई जना सुत्केरी महिला सहित उनीहरुको परिवार गरि ६ जनाको स्वाब परीक्षणको लागि पठाइएको अस्पतालका मेडिकल ल्याब टेक्निसियन प्रमुख बरालले जानकारी दिनुभयो ।
उनीहरुलाई काठमाडौंबाट ल्याउने एम्बुलेन्स चालकलाई बानपा–१ बाङ्गेचौरमा रहेको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उनको केहि दिनमा स्वाब परीक्षण गरिने जनाइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here