बागलुङ, ८ जेठ ।
काठेखोला गाउँपालिका–२ भीमापोखराले साविकको ९ ओटै वडामा १० बेडको सामुदायिक क्वारेन्टाइन बनाउने भएको छ ।
वडा कार्यालयमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले भारतबाट ठूलो संख्यामा सिमापार गरी नेपालीहरु आफ्नो घरमा आइरहँदा कोरोना भाइरसको जोखिम बढिरहेकोले वडामा आएको १४ दिन सम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नको लागि साविकका प्रत्येक वडामा १० बेडका सामुदायिक क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।
वडा कार्यालयले विदेशबाट आएर १४ दिन क्वारेन्टाइनमा बस्दा खाना र सुत्नको लागि विस्ताराको व्यवस्था सम्बन्धित व्यक्तिले स्वयंम गर्नुपर्ने निर्णय गरिएको वडाअध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो । उहाँले वडा भित्र प्रवेश गरेपछि १४ दिनसम्म अनिवार्य रुपमा अनुशासन पूर्वक सामुदायिक क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो । यस्तै घरमा केहि खाने खर्च नभएका समस्यामुलक परिवारहरुलाई समुदायको सिफारिसमा दाल, चामाल उपलब्ध गराइने जनाइएको छ ।
वडा कार्यालयले सरकारले तोकेको लकडाउनको समय अवधिभर सिकिस्त विरामी, दुध, औषधी बोकेका गाडी, एम्बुलेन्स, सरकारी गाडी, सरकारी कर्मचारी परिचयपत्रधारीलाई बाहेक अन्य जीप, मोटरसाइकल र अपरिचित व्यक्तिहरुलाई वडाभित्र आवतजावत बन्द गर्ने निर्णय गरेको वडाअध्यक्ष शर्माले जानकारी दिनुभयो । यस्तै अत्यावश्यक खाद्य सामाग्री ढुवानीको लागि वडा कार्यालयको सिफारिसमा ट्याक्टर र ट्रिपरमा हप्तामा २ दिन आवातजावत गर्ने व्यवस्था मिलाइने वडा कार्यालयले जनाएको छ ।
लकडाउनको समयमा वडा भित्र भइरहेका योजना, परियोजना, संरचनाका लागि आवश्यक निर्माण सामाग्री ल्याउनको लागि ट्याक्टर र ट्रिपरबाट मात्र ल्याउनुपर्ने र त्यसको लागि वडा कार्यालयले गाउँपालिका र जिल्ला प्रशासनसँग समन्वय गरि पासको व्यवस्था गर्ने जनाएको छ । निर्माण सामाग्री बोकेका सावरीमा चालक र सहचालक बाहेक बाह्य व्यक्तिहरुलाई आउन नदिने निर्णय गरिएको छ ।
वडा कार्यालयले सरकारले तोकेको लकडाउनको समय अवधिभर सिकिस्त विरामी, दुध, औषधी बोकेका गाडी, एम्बुलेन्स, सरकारी गाडी, सरकारी कर्मचारी परिचयपत्रधारीलाई बाहेक अन्य जीप, मोटरसाइकल र अपरिचित व्यक्तिहरुलाई वडाभित्र आवतजावत बन्द गर्ने निर्णय गरेको वडाअध्यक्ष शर्माले जानकारी दिनुभयो ।
सरोकारवालाको बैठकले स्थानिय बासिन्दाहरुलाई खेतबारीमा काम गर्न, गाइबस्तुको स्याहार सम्भार गर्न, मेलापात जान र अन्य कामहरु ग्र्दा ठूलो भीडभाड नगरी सामाजिक दुरी कायम गरी काम गर्न अनुरोध गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here