शिला खोपेर क्षतविक्षत गर्दै महाशिला गाउँपालिका

शिब बोहोरा
बागलुङ, ७ जेठ ।
पर्वत जिल्लाको महाशिला गाउँपालिकामा अबस्थित ऐतिहासिक महत्त्व बोकेको एसियाकै बिशाल महाशिलाको प्राकृति स्वरुप बिगारी शिलालाई गुंदेर ताछेर गाउँपालिकाले किर्तिम मुर्ति बनाउन लागिरहेको कुरा प्रति नेपाली कांग्रेस महाशिलाको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
कांग्रेस महाशिलाको बिज्ञप्ति मार्फत गाउँपालीकाले जनताको सुझाबलाई अटेर गरि गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेल र वडा अध्यक्ष जीवन उच्चै ठकुरी आफुखुसी शिलाको स्वरुप बिगार्न लागेको आरोप लगाएको छ । प्राकृतिक सम्पदाको स्वरुप बिगार्दा निश्चित मापदण्डको अवलम्बन गर्नुपर्ने कानुनी कुरालाई समेत वास्ता नगरी शिलालाइ खोप्ने कुकर्म गर्न गाउँपालिका लागिरहनुले महाशिलाका अनेक जातजाति, संस्कार र धर्म मान्ने समुदायलाई गहिरो चोट पुगेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै कोरोना महामारीले देश प्रताडित भएको अबस्थामा महामारी नियन्त्रणमुखी हुनुपर्नेमा यहि समय छोपी शिला गुंद्ने कुचेष्टामा लाग्नुले पनि गाउँपालिका जनताप्रति उत्तरदायी नभएको कांग्रेसले बताइएको छ । शिलाको आफ्नो स्वरुप क्षतविक्षत गर्ने जस्तो कुकर्म गाउँपालिकाले अविलम्ब सच्याइ जनताप्रती उत्तरदायी हुन अनुरोध गर्दै जनतालाई ठेस पुग्ने यस्ताखाले हर्कत बढाउँदै लगेमा आगामी दिनमा जनताको चहानाअनुसार नेपाली काँग्रेस महाशिला जस्तो सुकै अभियान चाल्न र कानुनी बाटो अपनाउन बाध्य हुने कुरा समेत विज्ञप्ति मार्फत भनिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here