
अर्जुन कार्की
बागलुङ, ७ जेठ ।
कालिगण्डकी नदिको दोहनको बारेमा फेसबुक स्टाटस लेखेको भन्दै पर्वतको जलजला गाउँपालिकाका अध्यक्षले धम्की दिएका छन् ।
कालिगण्डकी नदिमा रातको समयमा स्काभेटर प्रयोग गरेर गिट्टी, बालुवा निकालेको भन्दै पर्वतको जलजला गाउँपालिका–३ का विज्ञानराज शर्माले फेसबुकमा स्टाटस् लेखेपछि गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ले फोन गरेर धम्की दिएका हुन् ।
मल्लले बैशाख २९ गते राती ९ः३० बजे आफै फोन गरेर आक्रोसक रुपमा गाउँपालिकाले ठेक्का लागेको र त्यहि निकालेको र रातीमा खनेको भनेर लेख्नी मैले जहाँ खनेनी खन्छु भन्दै धम्की दिएको शर्माले बताएका छन् ।
रातीमा खोलामा स्काभेटर हालेको भन्दै लेखेको फेसबुक स्टाटसमा रिसाएका मल्लले हामीलाई प्राप्त फोन रेकर्डमा ‘मेरो सम्पत्तिमा राती राती जे सुकै गर्नपाए, तैले लेख्ने, मैले अन्याय पो गर्न भएन, ठेक्का लगाएकोमा । ठेक्का नलगाएको ठाउँमा निकाल्न भएन । तलाई हेर भोली । साला बदमास भन्दै थकाएका छन् । उनले भोली पल्ट गाउँपालिका आउनुपर्ने र प्रमाण सहित भन्नुपर्ने नभनेमा साइबर क्राइम मुद्धा लगाउने समेत बताएका छन् ।
अध्यक्ष मल्ल फोनमा तैले मलाई चिनेको छस् भन्दै तैले जहापाई त्यहि किन लेख्छस यहाँ गल्ती भएको भए तैले सम्बन्धित ठाउँमा गएर कारवाही गर्न र अन्याय भयो यसरी खन्यो भनेर कारवाही गर गाउँपालिकाले ठेक्का लगाएको ठाउँमा रातीराती खन्या भनेर लेख्ने ? भन्दै कारवाहीको लागि चुनौती समेत दिएका छन् । शर्माले सम्बन्धीत ठाउँ गाउँपालिका भएको भन्दै जवाफ दिदा प्रमाण सहित गाउँपालिका आउन सुझाव दिएका छन् ।
‘जहिले पनि जहा पाइ त्यहि देख्ने गल्ती भएको भए गाउँपालिका, जिल्ला प्रशासन, अदालत र गण्डकी प्रदेशमा समेत गएर निवेदन दिन सक्ने’ अध्यक्ष मल्लले भनेका छन् ।
शर्माले फोनमा खोलामा स्काभेटर हाल्न पाइदैन भन्ने थाहा हुँदा पनि किन हाल्न दिनुहुन्छ भन्दा मल्लले ‘कहाँ पाइन्न हालन, तैले भनेर हुन्छ । खोलामा स्काभेटर नहालेसम्म कसरी करकारखाना चल्छन् गाउँपालिकाले कसरी ठेक्का लगाउँछ’ भनेका छन् ।
गाउँपालिका अध्यक्षले धम्काएको फोन रेकर्ड बाहिरिएपछि उनका छोरा पर्ने सञ्जिव मल्लले गाउँपालिकामा भएको विकास नदेख्ने रातीमा ट्रिपर चल्छ र नाफा निस्कन्छन रे ? तेरो बाउँले दे हुन्थ्योनी राहत भन्दै अपशब्द प्रयोग गर्दै फेसबुकमा धम्कीपूर्ण स्टाटस् लेखेका छन् ।
यस विषयमा गाउँपालिकाले जथाभावी फेसबुक स्टाटस लेखेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले शर्मा र विकास गिरी सहित गाउँपालिका अध्यक्ष मल्ललाई सामेबार राखेर छलफल गरेको थियो । उक्त छलफलमा शर्माले मल्लले माफी मागेको बताएभने मल्लले अबदेखि प्रमाण विनाका स्टाटस् नलेख्ने सर्तमा दुवै जनालाई छुटाएको खबरवे अनलाईनसँग कुरा गर्दै जानकारी दिए ।
विज्ञानराज शर्माले टेलिफोनमा कुरा गर्दै गाउँपालिका अध्यक्षले आफै विकास निर्माणको ठेक्का लिएर क्वालिटि नै नभएको काम गरिरहेको अरोप समेत लगाएका छन् । उनले अध्यक्षकै निर्माण कम्पनीले बगरको बालुका उत्खन्नको ठेक्का लिएको र अवैधरुपमा उत्खन्न गरिरहेको समेत बताए । ‘हामीसँग प्रमाण छ त्यसैको आधारमा स्टाटस लेखेको हुम शर्माले भने–‘गाउँपालिका अध्यक्षकै निर्माण कम्पनीका स्काभेटर र ट्रिपरले रातीमा उत्खन्न गरिरहेको हामीसँग प्रमाण छ ।’
शर्माले आफुलाई रातीमा फोन गरेर धम्काएको भन्दै प्रहरीमा छलफल भएपनि आफुले अब कानुनी उपचार खोज्ने समेत बताए ।
यता गाउँपालिका अध्यक्ष मल्लले भने राजनीतिक र व्यक्तिखत इखले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाए । उनले ठेक्का लगाउँदा पनि नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि अनुसार गर्ने र महिना महिनामा अनुगमन भइरहने बताए । ‘नीति अनुसार उत्खन्न भएको र दोहन भएको नभएको बारेमा गाउँपालिका र जिल्ला समन्वय समितिले अनुगमन गर्छ,’ गाउँपालिका अध्यक्ष मल्लले भने–‘राजनीतिक इख राखेर फेसबुक मार्फत कसैको चरित्र हत्या गर्न पाहिदैन त्यसैले केहि लागे कानुनी उपचार खोज्न सुझाएको हुँ, धम्काएको छैन ।’
गाउँपालिका अध्यक्ष मल्लले नदीमा छुट्टछुट्टै ठेक्का लागेको र गिट्टी र बालुवा भएको ठाउँ हेरेर सोहि अनुसार कति मिटर खन्न पाउने भन्ने नियम नै भएको समेत बताए । उनले खबरवे अनलाईनसँग टेलिफोनमा कुरा गर्दै भने– ‘यहाँका कसैलाई केहि फरक परेको छैन, बागलुङ बजार र कुश्माका मान्छेलाई किन पिर पर्छ ?’ अध्यक्ष मल्लले फेसबुकमा आएको सवै कुरा झुटो रहेको र रातीमा कसैले पनि उत्खन्न नगरेको दावि गरे ।
अडियो
https://drive.google.com/file/d/1uAOfclx83rJsdFMbnsZ8fqKGYDUSSO5F/view










