रामरेखा क्वारेन्टाइनमा रहेका २२ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बागलुङ, ६ जेठ ।
बागलुङ नगरपालिका–१ रामरेखाको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका २२ जनाकै स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

बाहिरी जिल्लाबाट नगरपालिकामा आएका २२ जनालाई क्वारेन्टाइनमा राखि कोरोना परीक्षणको लागि आईतबार स्वाब संकलन गरिएको थियो । पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको सबैको पिसिआर परिक्षण रिपोर्ट नगेटिभ आएको नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा भैरहवाबाट आएका ९ जना बानपा–११ रायडाँडाका, बुटवलबाट आएका ३ जना बानपा–९ तित्याङका, भरतपुरबाट आएका १ जना बानपा–३ का र २ जना बानपा–१ र २ का सवारी चालक रहेका छन् । यस्तै अन्य ७ जना बागलुङमा खाद्यान्न ल्याएका ट्रक चालक रहेको बानपा–१ का वडासदस्य सुर्य लामिछानेले जानकारी दिनुभयो ।

उनीहरु सवैलाई घर फर्किएपछि पनि होम क्वारेन्टाइनमा रहन सल्लाह दिएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । घर फर्किएपछि सुरक्षित रुपमा होम क्वरेन्टाइनमा रहन र सवारी चालकलाई पहिलो सिटमा अरु कसैलाई नराख्न र सुरक्षित रुपमा सवारी चलाउन सल्लाह, सुझाव दिएको खनालले बताउनुभयो ।

भैरहवाबाट आएका बानपा–११ रायडाँडाका ९ जना, बानपा–१, २ मा बस्ने सवारी चालक र भरतपुरदेखि आएका बानपा–३ एक जना आजै घर फर्किएका छन्भने अन्यलाई भोली (बुधबार) विहान पठाइने वडासदस्य लामिछानेले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here