
बागलुङ, ५ जेठ ।
पोखरादेखि बागलुङ आउँदै गरेको एम्बुलेन्स सोमबार साँझ पर्वतको कुश्मा नगरपालिका–१ सह्रश्रधारामा दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।
पोखरादेखि बागलुङ आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका–१ सह्रश्रधारामा दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।
पोखरादेखि विरामी ल्याएर बानपा–१२ अमलाचौर आउँदै गरेको अमलाचौर रेडक्रस सोसाईटीको ग २ च ६९०८ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा सवारी चालकसहित ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक प्रेम खड्काले जानकारी दिए ।
दुर्घटनामा एम्बुलेन्स चालक वर्ष ३६ का चन्द्रबहादुर विक सहित बानपा–१२ अमलाचौरका ४१ बर्षिया खगेश्वरी शर्मा र २० बर्षिय किशोर शर्मा घाईते भएका छन् । खगेश्वरी शर्मा र किशोर शर्मा पोखरामा उपचार गरी बागलुङ फर्किएका हुन् ।
उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको प्रसनी खड्काले बताए ।










