गल्कोटका सवैको रिपोर्ट नेगेटिभ

बागलुङ, ५ जेठ ।
बागलुङको गलकोटमा नगरपालिकाका १०९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै कसैलाई पनि कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
गलकोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरि पिसिआर परिक्षण गरीएको थियो । पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
संक्रमितको सम्पर्कमा आएका नगरपालिकाका ८ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ४ जना सुरक्षाकर्मी, १ जना पत्रकार, ५ जना बैंक तथा वित्तिय संस्थाका कर्मचारी र ८७ जना अन्य नागरिककको स्वाब परीक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशानलय पोखरा, धौलागिरी अञ्चल अस्पताल बागलुङ र जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सकहरुले शुक्रबार र शनिबार गल्कोट पुगेर स्वाब संकलन गरेका थिए ।
कोरोना पुष्टि भएका पर्साका मजदुरहरु गलकोटको हरिचौरमा निर्माणाधिन अस्पताल, ग्यारेजहरु, फर्निचर उद्योग, हेयर कटिङमा काम गर्थे ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here