गल्कोट नगरको कोरोना विपद कोषमा धौलागिरी लघुवित्तको सहयोग

गल्कोट, ४ जेठ ।
धौलागिरी लघुवित्त वित्तिय संस्था गलकोटले गलकोट नगरपालिका कोरोना विपद् व्यवस्थापन कोषमा सहयोग गरेको छ ।
संस्थाले कोषमा जम्मा हुने गरि आज गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई १० हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ संभावित सक्रमणको जोखीमलाई न्युनिकरण गर्न सहयोग गर्ने उद्धेश्यले गलकोट नगरपालिकाले कोरोना रोकथाम कोषको रुपमा सञ्चालनमा ल्याएको नगर प्रमुख दैवि प्रकोप राहातकोषमा रकम जम्मा हुने गरि सहयोग प्रदान गरेको संस्थाले जनाएको छ ।
बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कारोना भाईरसको सक्रमंण गलकोटमा फैलन नदिन नगरपालिकाले सञ्चालन गरेको गतिविधिहरुमा सहयोग गर्ने उदेश्यले संस्थाले उक्त रकम कोषमा जम्मा हुने गरि प्रदान गरेको संस्थाले जनाएको छ ।
नगरपालिकाले विपद्को बेला हातेमालो गर्दै विपद्लाई सामान गर्नको लागि सबैको सहयोग आवश्यक रहेको जनाएको छ । नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले उत्त सहयोग रकम नगरप्रमुख दैवि प्रकोप राहात कोेषमा जम्मा हुने बताउदै वित्तिय संस्थाको सहयोगले कोरोना रोकथाम तथा जोखिम न्यूनिकरणमा सहयोग पुग्ने भन्दै सहयोगदाताप्रति आभार ब्यक्त गर्नुभयो ।
यस अघि पनि विभिन्न संघ संस्थाले कोरोना विपद् व्यवस्थापन कोषमा सहयोग गर्दै आईरहेका छन् । विपद्को बेला सबैको सहयोगले नै विपद्लाई सामाना गर्न सकिने भन्दै नगरप्रमुख गैरेल यस बिपतको समाना गर्न गलकोट बासी सबैले सहयाग गरि हातेमालो गर्न समेत आग्रह गर्नुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here