हत्याको आरोपमा बागलुङका एक जना पक्राउ

कास्की, ४ जेठ ।
घन प्रहार गरी हत्या गरेर शव गाडेको अभियोगमा ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४ समिनतारा बस्ने २१ वर्षीय ज्ञान बहादुर परियार, सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोर र बाग्लुङ घर भएका १९ वर्षीय सागर परियार रहेका छन् ।

ज्ञानबहादुरले करिब १ महिना अगाडि सोही ठाउँ बस्ने २२ वर्षीय बिमल रानाभाटलाई घनले हानी हत्या गरेर आफ्नै घर पछाडि बारीको डिलमा गाडेका थिए ।

यो सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरु ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घटनाको पोल खुलेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान उत्खनन गरेर हेर्दा शव सडेको अवस्थामा फेला परेको थियो ।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
pahilopost

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here