नेपाल–भारत सिमामा रोकिएका बागलुङका ४० जना आज आउँदै

बगलुङ, ४ जेठ ।
लकडाउनका कारण भारतको सिमामा विगत एक महिनादेखि रोकिएका बागलुङका ४० जनालाई आज बागलुङ ल्याइदै छ ।
नेपाल–भारत सिमामा एक महिनासम्म अलपत्र परेका उनीहरुलाई रुपेन्देही जिल्ला प्रशासनले उद्धार गरी बागलुङ पठाएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
कोरोना संक्रमण फैलिन नदिन नेपाल‐भारतले गरेको लकडाउनका कारण भारतमा मजदुरी गर्न गएका नेपाली नागरिकहरु विगत एक महिनादेखी रुपन्देही सिमानाकामा रोकिएका थिए ।
सूचना अधिकारी पन्तले रुपन्देहि जिल्ला प्रशासन कार्यालयले ४० जनालाई बागलुङ पठाएको जनाएपनि कुन कुन ठाउँका हुन भन्ने जानकारी नगराएको बताउनुभयो । उहाँले कुन–कुन पालिकाका हुन भन्ने अझै एकिन नभएकोले बागलुङ आएपछि मात्र थाहा हुने बताउनुभयो ।
सूचना अधिकारी पन्तले बागलुङ आइपुगेपछि क्वारेन्टाइनमा राख्नको लागि सम्बन्धित पालिकामा पठाउने वा बागलुङ बजारमै व्यवस्थापन गर्ने भन्ने बारेमा पालिकाहरुसँग छलफल भइरहेको बताउनुभयो । भारतदेखि आएका ४० जनाकै पिसिआर परीक्षण गरी रिपोर्ट आएपछि मात्र घर पठाइने छ ।
यस्तै बाँकेमा अलपत्र परेका ढोरपाटन नगरपालिका–२ का २ जना पनि आजै बागलुङ आउँदै छन् । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि बाँके जिल्ला प्रशासन कार्यालयले २ जनालाई बागलुङ पठाइएको सूचना अधिकारी पन्तले बताउनुभयो । उनीहरुलाई क्वारेन्टाइनमा राखि कोरोनाको पिसिआर परीक्षण गरिने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here