
बागलुङ, ४ जेठ ।
बागलुङको गलकोटमा नगरपालिकामा १०९ जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।
गलकोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परिक्षण गर्नको लागि गल्कोटमा स्वाब संकलन गरिएको हो ।
गल्कोटमा शुक्रबार वडा नम्बर ३ का २६ जना र वडा नम्बर ५ का २९ जना गरि ५५ जनाको स्वाब संकलन गरिएको थियोभने शनिबार वडा नम्बर ६ का ७ र वडा नम्बर ५४ जनाको स्वाब संकलन गरिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।
१ सय ९ जनामा ८ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ४ जना सुरक्षाकर्मी, १ जना पत्रकार, ५ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी र ८७ जान अन्य नागरिक गरी १ सय ९ जना रहेको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।
स्वास्थ्य निर्देशानलय पोखरा, धौलागिरी अञ्चल अस्पताल बागलुङ र जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सकहरुले संकलित गरेको स्वाब परीक्षणको लागि प्रादेशिक स्वास्थ्य निर्देशनालय कास्की पठाइएको छ ।
कोरोना पुष्टि भएका पर्साका मजदुरहरु गलकोटको हरिचौरमा निर्मानाधीन अस्पताल, ग्योजहरु, फर्निचर उद्योग, हेयर कटिङमा काम गर्थे । उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी निगरानीमा राखिएको छ ।
गलकोट नगरपालिकाकाले गलकोट क्षेत्रमा कोरोनाको उच्च जोखिम बढेको भन्दै सिल गरिएको छ ।










