धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, २ जेठ ।
धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी ६५ बर्षिया महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनलाई संक्रमण नभएको पुष्टि भएको छ ।
आइसोलेसनमा भर्ना भएकी महिलाको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कोरोना नभएको पुष्टि भएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिनुभयो ।
उच्च ज्वरो र खोकी लागेपछि गल्कोट नगरपालिका–६ चरौदीबाट उपचारको लागि अस्पताल आएकी उनलाई कोरोना आशंकामा बिहिबार आईसोलेसनमा भर्ना गरिएको थियो ।
कोरोना नभएको पुष्टि भएसँगै उनलाई आजै अस्पतालबाट डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here