
बागलुङ, २ जेठ ।
सुत्केरी पछि अत्याधिक रक्तस्राव भएपछि बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ बर्षिया महिलालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको छ ।
धौलागिरी अस्पतालमा शुक्रबार विहान सुत्केरी भएलगत्तै उच्च रक्तस्राव नरोकिएपछि काठमाडौं पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिनुभयो । मगरको विहान अपरेशन गरि छोराको जन्म दिएकी थिइन ।
अपरेशन पछि अत्याधिक रक्तस्राव भएका कारण चिकित्सकले उनलाई तत्काल थप उपचारको जरुरी भएको बताएपछि सिम्रिक एयरको हेलिकोप्टर मार्फत काठमाडौंको टिचिङ हस्पिटलमा रिफर गरिएको अस्प्तालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।










