
बागलुङ, २ जेठ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेका सम्पूर्ण सवारी पासहरु भोली (शनिबार)देखि रद्ध हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले बिहिबार बेलुका सूचना प्रकाशित गर्दै कार्यालयबाट जारी भएका जिल्ला बाहिर जाने आउने ई–पास लगायतका सम्पूर्ण सवारी पासहरु भोली (शनिबार)देखि खारेज गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुद्वारा प्रकाशित सूचना अनुसार गृह मन्त्रालय शान्ति सुरक्षा तथा पअराध नियन्त्रण शाखाले बैंशाख ३० गते पठाएको पत्र अनुसार बैशाख ३१ गतेसम्म जारी भएका सम्पूर्ण पासहरु शनिबारदेखि खारेज हुने जनाइएको छ ।
प्रशासनले अबदेखि अत्यावश्यक कार्यको लागि मात्र सवारी पास जारी गर्ने जनाएको छ ।










